१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित अर्नमा गाउँपालिका-१ का १९ वर्षीय रबिन्द्र भनिने रविन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ कात्तिक २७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश इश्वरमणी ओझाको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०८० जेठ ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असार १२ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार १२ गते भएको थियो ।
आरोपितविरुद्ध ०८१ जेठ २ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हाल सम्म गिरफ्तार भएका छैनन् ।