INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी दिपाले चिर्पटले हिर्काउदा कार्तिक २६ गते राति सुनिताको घटनास्थलमै मृत्युभएको थियो ।

देउरानीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेपछि घटनामा संलग्न जेठानी दिपालाई इलाका प्रहरी कार्यालय, पाटनबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि गोकुलेश्वोर अस्पताल, दार्चुलामा राखिएको छ ।

अन्य

भिडियो