१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध कात्तिक १२ गते उजुरी परेको थियो ।
उक्त उजुरीको आधारमा कात्तिक १३ गते आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सहायक हवल्दार बालेन्द्र क्षेत्रीले बताउनु भयो । पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।