INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका-१ का ३६ वर्षीय चुरामणी परियारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सहायक हवल्दार बालेन्द्र क्षेत्रीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो