INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी योजना बाढीले बगाएपछि कोथपेबासी नदीकै पानी खान बाध्य

खाँडादेवी गाउँपालिका–१ कोथपेका माझी समुदाय सुनकोशी नदीमा ०८१ असोज ११ र १२ गते आएको बाढीले खानेपानी आयोजना बगाएपछि नदीको धमिलो पानी खान बाध्य भएका छन् ।

स्थानीय मानव माझीका अनुसार सो बस्तीमा खानेपानी आपूर्ति गर्दै आएको सुनकोशी लिफ्ट खानेपानी आयोजना बाढीले बगाएको छ । नदी किनारमा इनार बनाएर लिफ्ट मार्फत् पानी तानी गाउँमा खानेपानी आपूर्ति गरिएको थियो । ‘खानेपानीको इनार पूर्णरुपमा ध्वस्त भएको छ, खानेपानीको अर्को विकल्प नै छैन’, उहाँले भन्नुभयो ।1

खानेपानीको योजना बगाउँदा कोथपेका ५० ओटा भन्दाबढी घर परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । बाढी आएको सुनकोशी अझै संलो भएको छैन । नदीमा धमिलो पानी नै बगिरहेको छ । त्यसैले स्थानीय सोही पानी खान बाध्य छन् ।

खानेपानी आयोजनामा क्षति पुर्याएपछि सुनकोशी नदीमा सिँचाइको लागि बनाइएको इनारबाट पानी तानेर खानेपानी व्यवस्था मिलाउन स्थानीय इनार सफाइको काममा लागेका छन् ।

सो इनारबाट पानी तान्न पनि अझै केही दिन लाग्ने भएकोले नदीकै पानी खानुपर्ने बाध्यता स्थानीयको रहेको खाँडादेवी गाउँपालिका–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।‍

2

अन्य

भिडियो