INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टर कुटपिट घटनाका आरोपितलाई कारबाही गर्न माग

जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्न चिकित्सकहरूले माग गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको बिरामीको किड्नीको रिपोर्ट गलत दिएको आरोपमा इनरूवा नगरपालिका-६ का ३४ वर्षीय खेमराज थापाले ०८१ कात्तिक ३ गते डाक्टर राईलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

इनरूवा नगरपालिकाका-६ का वडाध्यक्ष सुमन थापाको निर्देशनमा उनका भाई ३४ वर्षीय खेमराज थापाले कार्यकक्षमै कुटपिट गरेको पीडित डाक्टरले बताउनु भयो ।

घटनाको विरोधमा चिकित्सक र जिल्ला अस्पतालका कर्मचारीले कात्तिक ३ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाका दोषीलाई कारबाही नगरिए कात्तिक ५ गतेदेखि अत्यन्त आकस्मिकबाहेकका सेवा प्रवाह बन्द गर्ने चिकित्सकहरूले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

प्रहरी र जिल्लाका राजनीतिक दलका प्रतिनिधि घटनाका दोषीलाई कारबाही गर्न भन्दापनि घटनामा मिलाउन लागि परेको चिकित्सकहरूले आरोप लगाएका छन् ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

Photo 202401019 sunsari

अन्य

भिडियो