सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक २३ गते १४ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालका डिएसपी बामदेव गौतमका अनुसार पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी घटनाको अनुसन्धान अगाडि बढाइएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २३ गते उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते जिल्ला अस्पताल गरिएको छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई कात्तिक २२ गते गिरफ्तार गरिएको डीएसपी गौतमले जानकारी दिए ।