६ वर्षीय किस्मत पुनको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताराखोला गाउँपालिका घर भइ बागलुङ नगरपालिका-३ बस्ने २७ वर्षीय बाबु केशबहादुर पुनलाई असोज २९ गते गिरफ्तार गरेको छ ।
असोज २९ गते साँझ आफ्नै छोरालाई बागलुङ नगरपालिका-३ को गैँडाकोट भिरबाट काठेखोलामा फालेर हत्या गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै पुनलाई गिरफ्तार गरेको जनाएको छ ।
स्थानीयले प्रहरीलाई बाबुले छोरालाई भिरबाट खोलामा फालेको सूचना दिएका थिए । सूचनापछि घटनास्थल पुगेको प्रहरी र स्थानीयले खोजी गर्दा घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा किस्मत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर सुनिल शर्मा चिलुवालले जानकारी दिनु भयो । शवको पोष्टमार्टम धौलागिरी अस्पतालमा गरिएको छ ।