INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवन भत्किँदा पठनपाठनमा प्रभावित

अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–१, प्युसस्थित कैलाश आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठनमा प्रभावित भएको छ । ०८१ असोज १० गते र असोज ११ गते परेको अविरल वर्षाका कारण सो विद्यालयको भवन भत्किएपछि विद्यार्थीको पठनपाठनमा कठिनाइ भएको सोही विद्यालयका प्रधानाध्यापक लालबहादुर शाहीले जानकारी दिनुभयो ।

Photo09102024Humla

उक्त अविरल वर्षाले विद्यालयको भवनपछि कक्षा १ का २८ जना विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको प्रधानाध्यापक शाहीको भनाइ छ । उहाँका अनुसार वर्षाले भवन भत्काएपछि कक्षा १ को बस्ने वेञ्च, डेस्क र ह्वाइड बोर्ड लगायतका भौतिक सामग्रीलाई क्षेति पुर्‍याएको छ ।

जस अनुसार करिव १ लाख रुपियाँ बराबरको क्षेति हुनुका साथै हाल पठनपाठन समेत प्रभावित बनाएको प्रधानाध्यापक शाहीले बताउनु भयो । आफूले यस विषयमा खार्पुनाथ गाउँपालिकाका शिक्षा शाखा मार्फत शिक्षा विकास तथा समन्वय इकाई, हुम्लालाई जानकारी गराएको बताउनु भयो ।

विद्यालयको भौतिक स्रोत क्षेति भएको र विद्यालयमा पठनपाठन समेत प्रभावित भएको कुरा शिक्षा मन्त्रालयलाई जानकारी गराइसकेको शिक्षा विकास तथा समन्वय इकाई, हुम्लाका प्रमुख योगेश आले मगरले जानकारी दिनुभयो ।

अन्य

भिडियो