INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नपा–१ बोटेगाउँकी ३६ वर्षीया पुर्णमाया बोटेलाई असोज २१ गते राति डोरीले घाँटीमा कसी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति पन्चबहादुर बोटेलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई पन्चबहादुरले असोज २१ गते राति छिमेकीलाई ‘मेरो पत्नीको मृत्यु भयो’ भनेर घरमा बोलाएर आफू भागेको प्रहरी चौकी भन्सारका असई चेतनाथ अधिकारीले बताउनु भयो । मृतकको घाँटीमा निलडाम देखिएको र नजिकै डोरी भेटिएको असई अधिकारीले जानकारी दिनु भयो ।

घटनापछि भागेका आरोपितलाई गोर्खा जिल्ला पालुङटार नपा–७ बिरुवाटारबाट असोज २२ गते बिहान गिरफ्तार गरिएको असई अधिकारीले बताउनु भयो । शव पोष्टमार्टमका लागि असोज २२ गते दमौली अस्पताल पुर्‍याइएको छ ।

अन्य

भिडियो