सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले असोज १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १७ गते भरतपुर अस्पतालमा गरिएको छ ।