बाढीपहिरोले पुर्याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुङ्गा प्रहार भएको छ ।
उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न जानु भएकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ०८१ असोज १५ गते राति अज्ञात पक्षबाट ढुङ्गा प्रहार भएको राज्यमन्त्री राईले बताउनु भयो ।
अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल, बाक्सीखोप झोलुङ्गेपुलको अवलोकन गरेर फर्किने क्रममा प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडीमा ढुङ्गा प्रहार गरिएको राज्यमन्त्री कार्कीले बताउनु भयो ।
उदयपुरको बेलका नगरपालिका-८ सिरवानीमाथिको लिफ्टिङ् खानेपानी ट्याङ्कीमुनि बिग्रेको टनिङ्गमा असोज १५ गते राति १० बजे अज्ञात पक्षले ढुङ्गा प्रहार गरेको राज्यमन्त्री राईले बताउनु भयो ।
बाढीपहिरोले पुर्याएको क्षति अनुगमनका लागि गएको टोलीमा राज्यमन्त्री राईसहित स्वकीय सचिव, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष बसन्त राई हुनुहुन्थ्यो ।
अज्ञात पक्षले आफू सवार गाडीमा ढुङ्गा प्रहार गरेपछि घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएको राज्यमन्त्री राईले बताउनु भएको छ ।
घटनाका विषयमा अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।