१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय ज्येष्ठ नागरिकलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १२ गते यौन दुर्व्यवहार गरेको भनी आफन्तले असोज १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १३ गते भरतपुर अस्पतालमा गरिएको छ ।