देवघाट गाउँपालिका–५ साँढेबगरस्थित महादेव आधारभुत विद्यालय बाढीको कारण डुबानमा परेको छ । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले उक्त विद्यालय डुबानमा परेको हो ।

विद्यालयका प्रधानाध्यापक शिवहरी वाग्लेका अनुसार विद्यालयमा बाढी पसेपछि विद्यालयको प्रशासन कक्षमा रहेका सबै कागजात नष्ट भएको छ । असोज १० गते दिउँसो पढाइ सकेर घर गएको र असोज ११ गते बिहान आएर हेर्दा बाढीले विद्यालय डुबाएको प्रधानाध्यापक वाग्लेले बताउनु भयो ।

यसअघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालय जोखिममा परेको हुँदा अलि सुरक्षित स्थानमा विद्यालय सार्नुपर्ने उहाँले बताउनु भयो ।

