इशानाथ नगरपालिका-२ औरैयाकी २२ वर्षीया पिंकी देवी साहलाई मट्टीतेल खनाएर आगो लगाई हत्या गर्न खोजेको आरोपमा २४ वर्षीय पति रोशन साह सोनारलाई ०८१ असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ ।
असोज १ गते विश्वकर्मा पुजाको दिन खेतमा पानी हाल्ने पम्पको ट्याङ्कीबाट मट्टीतेल झिकेर आगो लगाई गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारको लागि गौरस्थित प्रादेशिक अस्पतालमा लगिएकोमा त्याहाँ उपचार सम्भव नभए पछि काठमाडौको कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो । गम्भीर घाइते पिंकी देवी साहको उपचारको क्रममा असोज १० गते काठमाडौको कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भयो ।
आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालत गौरबाट कर्तव्य ज्यान मुद्दा दर्ता गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गौरका एसपी दिलिप घिमिरेले बताउनुभयो ।
पिंकी देवीको रोशनसँग २०७९ फागुनमा मागी विवाह भएको र उनीहरुको एक छोरा जन्मिएको थियो । गौर नगरपालिका -२ माइती घरबाट सुत्केरी भएको ३५ दिन पछि घर फर्किएको केही दिनपछि छोराको मृत्यु भएको थियो ।
शवको वर्न अस्पताल कीर्तिपुरमा पोस्टमार्टम गरि परिवारले बुझेको प्रहरीले जनाएको छ।