भरतपुर मनपा-२१ पार्वतीपुर की १९ वर्षीया निशा सुनारको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले २४ वर्षीय पति मनोज बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।
हत्या गरी सलको पासो लगाई झुण्ड्याएको भन्दै माइती पक्षले कात्तिक १९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
निशा कात्तिक १८ गते पार्वतीपुर स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।
मृतकको शवको कात्तिक १९ गते नै भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको थियो । गोरखा जिल्ला आरूघाट गाउँपालिका-२ माइती घर भएकी निशाको घरायसी विवादका कारण हत्या गरिएको माइती पक्षको आरोप छ ।