INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका-११ का ६५ वर्षीय मानबहादुर कार्कीलाई जिल्ला अदालतले ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ असोज ८ गतेको इजलासले कार्कीलाई ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई कार्कीले ०८१ वैशाख १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । कार्कीलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो