INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

सङ्खुवासभाकी ३२ वर्षीया तारा श्रेष्ठसँग आरोपितले दोस्रो विवाह गरेको भन्दै पीडितबाट दिइएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते बहुविवाह मुद्दा दर्ता गरेको छ ।

सामाजिक जातीय परम्पराअनुसार ०५१ वैशाख २८ गते विवाहिता पीडिततर्फ १९ वर्षीया छोरी र १८ वर्षीय छोरा छन् भने तारा श्रेष्ठतर्फपनि नाबालक छोरा छन् ।

नवलपरासीको परासीस्थित अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनमा कार्यरत आरोपित यादव चार्डपर्वमा घर आएका बेला दुर्व्यवहार गर्दै कुटपिट गरेपछि खोजी गर्दा बहुविवाह गरेको कुरा असोज २१ गते मात्र पत्ता लागेकोले न्यायका लागि उजुरी दिएको पीडितले बताइन् ।

अन्य

भिडियो