INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको शङ्कास्पद अवस्थामा शव फेला

पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर तामाङ्गको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउको र चिउँडोमा धारिलो हतियारले चोट लागेको अवस्थामा चन्द्रबहादुरको ०८१ असोज ५ गते घरभित्रै शव फेला परेको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी मोहनविक्रम दाहालले बताउनु भयो ।

घटना भएलगत्तै मृतकका २५ वर्षीय ज्वाईं रविन राई फरार भएकाले चन्द्रबहादुरको रविनले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको र घटना भएको रात सुसुरा र ज्वाईंले मदिरा सेवन गरेको प्रमाण भेटिएकाले मदिरा सेवनपछि ज्वाईंले ससुराको हत्या गरेको हुन सक्ने डिएसपी दाहालले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा असोज ६ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो