INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा ०८१ भदौ २७  गते उजुरी दिनु भएकाे छ ।

पीडितकाे अनुसार भदौ १९ गते नरकटिया की कृष्णा पटेललाई बजार लगेकाे विषयमा विवाद हुँदा आराेपित पत्रकार र निजका भाइहरूले आफुलाई भदौ २७ गते कुटपिट गरी घाइते बनाएको हाे ।

पीडित महिलाले आरोपितहरूविरुद्ध घटना भएकै दिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएकोमा पीडित घाइते भएकाे हुनाले उनलाई उपचार तथा घाउ जाँचका लागि प्रादेशिक अस्पताल गौर पठाइ अनुसन्धान कार्य अगाडि बढाएको असइ रागिनि यादवले जानकारी दिनु भयाे ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्खर गुप्ताले पीडितले सामान्य उजुरि दिएको बताउनु भयाे । तर, स्थानियका अनुसार पीडितलाई पत्रकार र निजका भाइहरूले कुटपिट नगरेको बताउनुहुँदै महिला महिला बीच झगडा भएको जानकारि दिनु भयाे ।

पीडित महिलाकाे उपचार प्रादेशिक अस्पताल गौरमा भदौ २७ गतेदेखि २८ गतेसम्म भएको अस्पतालले जनाएको छ।

अन्य

भिडियो