INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार

अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

राधिकालाई आरोपितले भदौ २६ गते मध्यन्हमा खुकुरी प्रहार गरी हत्या गरेको भनी प्रहरीमा खबर भएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार कुँवरले सामान्य विवादमा पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएको र राधिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

अन्य

भिडियो