INSEC Online

📅 २०८३ जेष्ठ २१

अनशनस्थलमा प्रहरीको हस्तक्षेप, दुई जना घाइते

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरूद्ध थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा केदार कार्कीका स्वकीय सविच विराटनगर महानगरपालिका-४ का ४५ वर्षीय दिवस राजवंशी, नेपाल विद्यार्थी सङघ जिल्ला समिति सदस्य, विराटनगर महानगरपालिका-३ का २३ वर्षीय सञ्जोग गौतम घाइते भएका छन् ।

प्रहरीलको लाठी प्रहारबाट टाउकोमा चोट लागेका दुवै जनाको भदौ २५ गते कोशी अस्पतालमा उपचार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्रमा अनशन बसेको आरोपमा प्रहरीले भदौ २५ गते राति हस्तक्षेप गरी कार्कीलाई गिरफ्तार गरेको थियो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले ०८१ भदौ २५ गते अपरान्ह ३ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विराटनगरका विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

कार्कीले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्र देवकोटा चोकदेखि अस्पताल चोक सम्मको क्षेत्रभित्र रहेको प्रदेशसभा भवन अगाडि आमरण अनशन थालेका थिए । कार्कीले निषेधित क्षेत्रमा अनशन थालेको आरोप लगाउँदै प्रहरीले हस्तक्षप गरी गिरफ्तार गरेको थियो ।

कार्कीलाई गिरफ्तार पश्चात प्रहरीले बुढीगङ्गा गाउँपालिकास्थित टङ्गीसिनुवारीमा रहेको कार्कीको घरमा पुर्‍याएर छाडेको थियो । प्रहरीले रिहा गरेलगत्तै अनशनस्थल देवकोटा चोकमा आइ पुनःअनशन स्थलमा कार्कीले अनशन थाल्नु भएको छ । पूर्व मुख्यमन्त्री कार्कीको अनशन भदौ २६ गते पनि जारी छ ।

आफू सत्तामा रहँदा बालबालिकाको निशुल्क उपचारलगायत प्रदेशवासीका लागि जनपक्षीय कार्यक्रम ल्याएको र त्यसलाई वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खारेज गरेको भन्दै पूर्व मुख्यमन्त्रीले प्रदेश सरकारविरूद्ध आमरण अशसन थाल्नु भएको हो ।

नेपालको संविधानले धारा १७ मा स्वतन्त्रताको हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई आवश्यक विचार र अभिव्यक्तिको स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, मुलुकभित्र आवतजावत र बसोवास गर्ने स्वतन्त्रता र रोजगारजस्ता स्वतन्त्रताहरू यस धारामा व्यवस्था गरिएको छ ।

पूर्व मुख्यमन्त्री कार्कीले भदौ २५ गतेदेखि अनशन सुरूआत गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३ सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

Photo 20240910 Morang (2)

Photo 20240911 Morang (1)

Photo 20240911 Morang (2)

अन्य

भिडियो