१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–२ बरुवाका १९ वर्षीय मिङमार तमाङलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २१ गते यौन दुर्व्यवहार गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय मेलम्चीमा भदौ २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।