INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ ।

आरोपित महराले पीडित महिलालाई भदौ २ गते पीडित महिलाकी

घरमा कोही नभएको अवस्थामा भदौ २ गते आराेपित महराले पीडित महिलालाई धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिनु भयो ।

आरोपित महरालाई भदौ १८ गते गिरफ्तार गरी भदौ १९ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १७ गते प्रादेशिक अस्पताल मलंगवामा भयाे ।

अन्य

भिडियो