INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ घरभइ बुद्धभुमी नगरपालिका–३, मौजा कपासे बस्ने ६९ वर्षीय हिमलाल शर्मालाई प्रहरीले ०८१ भदौ १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो