हेटौँडा उपमहानगरपालिका-१ भैरवडाँडामा मृत अवस्थामा भेटिएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले भदौ १० गते २८ वर्षीय नाति प्रविण विश्वकर्मालाई गिरफ्तार गरेको छ ।
भदौ १० गते बिहान ९ बजेर ४० मिनेटको समयमा ७१ वर्षीया ठूलीमाया ओछ्यानमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
ठूलीमायाको दुवै कानबाट रगत बगेको पाइएको र घटनामा संलग्न रहेको आरोपमा प्रविणलाई नियन्त्रणमा लिएको मकवानपुरकी डिएसपी लक्ष्मी भण्डारीले बताए ।
घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।