INSEC Online

📅 २०८३ जेष्ठ २१

थामे आधारभूत विद्यालय सातायता बन्द

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेमा स्थित थामे आधारभूत विद्यालय एक सातायता बन्द छ ।

थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि एक सातायता विद्यालय बन्द छ, जसका कारण पठनपाठन प्रभावित भएको छ ।

थामे माथिको दुई ओटा हिमपोखरी फुटेर साउन ३२ गते आएको बाढीले विद्यालय भवनमा पूर्ण क्षति भएपछि एक सातायता पठनपाठन बन्द गरिएको छ ।

बाढी र डुवानका कारण विद्यालयमा रहेका शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामाग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटरलगायका सामानमा क्षति भएपछि एक सातायता विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बका शिक्षा अधिकृत प्रकाण्ड न्यौपानेले बताउनु भयो ।

थामे आधारभूत विद्यालय एक सातायता बन्द भएको र तत्काल विद्यालय भवन बनाउने अवस्था नभएकाले खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई  स्थान्तरण गरी पठनपाठनको तयारी गरिएको शिक्षा अधिकृत प्रकाण्ड न्यौपानेको भनाइ छ ।

थामे आधारभूत विद्यालयमा कक्षा ७ सम्म पढाई हुने गरेको र विद्यालयमा ५० जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीका शैक्षिक सामाग्रीहरू फाप्लुबाट हेलिकप्टर लगेर वितरण गर्ने तयारी गरिरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताउनु भयो । विद्यालयसँगै छात्रावास पनि पूर्ण रुपमा क्षति भएको छ ।

 

अन्य

भिडियो