INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्धक बनाएर कुटपिट गरेको घटनाका आरोपित पति र ससुरा गिरफ्तार

गोरखा नगरपालिका–४ फिनाकी २२ वर्षीया फरिदा खातुनलाई दुई दिनसम्म बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति अफजल मियाँ र ४६ वर्षीय ससुरा महमद अहमद मियाँलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

साउन ३० गतेदेखि ३२ गतेसम्म निरन्तर कुटपिट भएको भन्दै पीडितले भदौ २ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धुव्र शर्माले बताउनु भयो ।

कोठाको ढोका थुनी, खाँबोमा बाँधेर, खाना–पानी समेत नदिई हात, लौरो, पेटी(बेल्ट), खुकुरी, चक्कु समेतले प्रहार गरी कुटपिट भएको भन्दै उजुरी आएको इन्स्पेक्टर शर्माले बताउनु भयो ।

पीडित महिलाको उपचार साउन ३२ गते गोरखा अस्पतालमा गरिएको छ । कानमा चोट लागेको र उपचार भइरहेको पनि जनाइएको छ ।

अन्य

भिडियो