INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले सात घर जोखिममा, कपुरकोट–फालावाङ सडक अवरुद्ध

अविरल वर्षापछि सल्यानको कपुरकोट–फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । साथै सात घर पहिरोको जोखिममा रहेका छन् । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण कपुरकोट गाउँपालिका-४, किमुचौरस्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको फिल्ड माथिबाट पहिरो गएका कारण सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट गाउँपालिका-४ का वडा अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो । उक्त गाउँमा सात घर जोखिममा रहेको वडा अध्यक्ष कठायतले बताउनु भयो ।

Photo21082024Salyan

महत्त्वपूर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाई अनुरोध गरिएको वडा अध्यक्ष कठायतको भनाइ छ । यस्तै पहिरोका कारण कपुरकोट-फालावाङ सडक खण्डकै अर्को स्थानमा पनि सडक तलबाट गएको पहिरोले जोखिम निम्त्याएको छ । यसबारेमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक शम्भु रेग्मीलाई जानकारी गराइएको वडा अध्यक्ष कठायतले जानकारी दिनुभयो ।

Photo21082024Salyan1

प्रहरी चौकी, कपुरकोटले पहिरो गएको क्षेत्रको विवरण सङ्कलन गरेर लगेको उहाँले जानकारी दिनुभयो । अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा ग्रामीण सडकहरू अवरुद्ध भएको छ ।

Photo21082024Salyan2

अन्य

भिडियो