INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरू गिरफ्तार

त्रिवेणी गाँउपालिका–४, दम्दुका ४३ वर्षीय डिलबहादुर बुढाको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय सन्तोष केसी र २४ वर्षीया मिना बुढाथोकी केसीलाई प्रहरीले ०८१ भदौ ३ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बखतबहादुर शाहीका अनुसार सन्तोष केसी र मिना बुढाथोकी केसीलई मृतक बुढाले मादक पदार्थ सेवन गरी हातपात गरेका थिए । सोही क्रममा आरोपितहरूले कुटपिट गरी हत्या गरेको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । पीडित पक्षले भदौ ३ गते मौखिक उजुरी दिएको र आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम भदौ ३ गते जिल्ला अस्पताल, सल्लेमा गरी परिवारले सोही दिन बुझेको छ ।

अन्य

भिडियो