१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बगनासकाली गाउँपालिका–६ का ४१ वर्षीय राजु गिरीलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ साउन ३१ गतेको इजलासले गिरीलाई ६ महिना कैद सजाय, १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई गिरीले ०८० कात्तिक २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । गिरीलाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते पाल्पा अस्पतालमा गरिएको थियो ।