INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले दुई सातादेखि गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध हुँदा सर्वसाधरण मार्कामा

सोरु गाउँपालिका-८, आँशिधार खोलामा ८० मिटर बाटो पहिरो जाँदा उक्त मार्ग दुई सातादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । दुई साताअघि गएको पहिरोले उक्त मार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सर्वसाधरण मार्कामा परेका छन् ।

Photo16082024Mugu,

सोरु गाउँपालिका उपाध्यक्ष जेशर जङ्ग शाहीका अनुसार सोरु गाउँपालिकाका ११ ओटै वडाका मानिसहरू आवतजावत गर्ने मुल बाटो नै पहिरोले दुई सातादेखि अवरुद्ध हुँदा सर्वसाधरण मार्कामा परेका छन् । उहाँले यो मार्ग बन्द हुँदा यहाँका सर्वसाधारण स्वास्थ्य र शिक्षाको अधिकारबाट वञ्चितसमेत भएको बताउनु भयो ।

सोरु गाउँपालिका-८ का वडा अध्यक्ष सागर शमशेर शाहीले जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको बताउनु भयो । उहाँले स्थानीयहरू ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको उल्लेख गर्नुभयो ।

Photo16082024Mugu.

मुल बाटो समयमा नबन्दा आपतकालीन अवस्थामा एम्बुलेन्स पनि जान नसक्ने भएको कारण बिरामीलाई बोकेर अस्पताल पुर्‍याउनुर्ने अवस्था रहेको सोरु गाउँपालिका-८ का स्थानीय जनक रोकायले बताउनु भयो ।

आफूहरूले पटक पटक पहिरोको बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराए पनि उक्त सडक बनाउने विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भयो ।

Photo16082024Mugu

अन्य

भिडियो