१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित रानीवन गाविस-५ गैडाबाजका २३ वर्षीय दिपक पाण्डेलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् ।
पीडित पक्षले भदौ ३ गते गैडाबाज प्रहरी कार्यालयमा आरोपितलाई कारबाहीको मागगर्दै उजुरी दिएका हुन् ।
पीडित बालिकालाई भदौ २ गते आरोपित पाण्डेले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका हो । पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपित फरार भएको गैंडाबाज प्रहरी चौकीका इञ्चार्ज असई नरेन्द्रसिंह कार्कीले बताए ।
पीडितको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।