INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

भारत देशको महाराजगञ्ज केवलदहकी १३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा मर्चवारी गाउँपालिका–६, डिलरहवाका २९ वर्षीय उमेश कुर्मीलाई प्रहरीले ०८१ साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १५ गते ललाई फकाई विवाह गरेको भन्दै मर्चवारी गाउँपालिका–६ का छिमेकी ६० वर्षीय अधिराम कुर्मीले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई भैरहवास्थित सुरक्षित आवास गृहमा राखिएको डिएसपी भट्टले बताउनु भयो ।

अन्य

भिडियो