४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने दिव्यानी माङलाकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
बिरामी भएको बेला कात्तिक ४ गते आरोपितले झारफुक गर्ने भन्दै खुकुरी तताएर निलडाम हुने गरी डाम्नुका साथै कुटपिटसमेत गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार कात्तिक ७ गते जिल्ला अस्पतालमा गरिएको छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा कात्तिक ७ गते नै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालकका सई विष्णु खड्काले जानकारी दिए ।