१२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयकी शिक्षिका ३६ वर्षीया बिनिता महतो विरुद्ध ०८१ साउन २२ गते पीडित पक्षले अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिनुभएको छ ।
विद्यालयको पोशाक नलगाई विद्यालय आएको भन्दै साउन २२ गते आरोपितले पानि पिइरहेका पीडित बालकलाई कुटपिट गरेकी थिइन् । कुटपिटका कारण पीडित बालकको कानमा गहिरो चोट लागेकोले पीडितलाई उपचारको लागि सोही दिन जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको पीडितका बुबाले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी कुर्थाका असइ प्रेम पुकार चौधरीले बताउनु भयो ।