INSEC Online

📅 २०८३ जेष्ठ ३०

हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको राससले जनाएको छ ।

लक्षमीलाई कात्तिक ३ गते राति ११ बजेतिर रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ ।

अन्य

भिडियो