INSEC Online

📅 २०८३ जेष्ठ ३०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साहलाई साउन १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा साउन १३ गते गरिएको छ ।

अन्य

भिडियो