१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको दरभंगा घर भई कर्जन्हा नगरपालिका-२ बस्ने ४० वर्षीय संजित शर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८१ साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन १३ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते प्रादेशिक अस्पताल सिरहामा भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पंचकुमार बाकुले बताउनु भयो ।