देवानगञ्ज गाउँपालिका-२ का २३ वर्षीय बाजुद्दिन अञ्सारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा यातना दिइएको पीडित परिवारले आरोप लगाएको छ ।
मुस्लिम समुदायको मोहरम पर्वका बेलामा ०८१ साउन २ गते बाख्रा चोरेको आरोपमा अनुसन्धानका लागि गिरफ्तारी पश्चात हिरासतमा राखिएका अञ्सारीलाई प्रहरीले यातना दिएको बाजुद्दिनकी ५५ वर्षीया आमा जलेखा खातुनले बताउनु भयो ।
मोहरमका बेला हरिनगर गाउँपालिका-७ घुस्कीबाट ०८१ साउन २ गते बाख्रा चोरी भएको र सोही आरोपमा प्रहरीले छोरालाई गिरफ्तार गरी हिरासत कक्षमा कुटर हात भाँचिदिएको जलेखा खातुनको आरोप छ ।
प्रहरीले हरिनगर गाउँपालिका-७ घुस्कीबाट बाख्रा चोरी भएको भनेपनि आफूले बुझ्दा कोही कसैको बाख्रा चोरी नभएको तर, प्रहरीले छोरालाई चोरी आरोपमा हिरासत यातना दिएको जलेखा खातुनको आरोप छ ।
पीडित पक्षले ०८१ साउन १३ गते इन्सेक र मानव अधिकार आयोगलाई सम्बोधन गरेर निवेदन दिएर हिरासतमा रहेको थुनुवा छोरालाई प्रहरीले साउन १० गते राती कुटपिट गरेर हात भाँचि दिएको तथा घाइते बनाइदिएकाले न्यायका लागि पहल गरीदिन आग्रह गरेको छ ।
प्रहरीले कुटेर हात भाचिँदिएको र उपचार गराउन जिल्ला अस्पतालमा लैजाँदा समेत बाधेर उपचार गराएको दावी पीडितकी पक्षको छ ।
पीडित पक्षको निवेदनपछि इन्सेकले यातना दिएको विषयमा जिल्ला प्रहरी कार्यालयसँग सोधपुछ गरेको छ ।
इन्सेकसँग जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले अञ्सारीलाई यातना नदिएको बरू खाना खाने बेलामा चिप्लिएर लडेरका कारण हातमा चोट लागेको बताउनु भयो । एसपी रेग्मीले हिरासतमा राखिएका थुनुवालाई कुनै कुटपिट वा यातना दिने कार्य वर्जित भएको बताउनु भएको छ ।
