१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २७ वर्षीय मोना भनिने महेश साह तेलीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१ साउन ८ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
घरमा कोही नभएको मौका छोपी असार २८ गते आरोपितले बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
आरोपित साहलाई साउन ९ गते गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।