२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-६ का २८ वर्षीय सुनिल कुमार साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
पीडितका अनुसार ०८० चैत २५ गते घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार गरेको हो ।
घटनापश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।