१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायतलाई ०८१ साउन ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३.गते राति ईलाका प्रहरी कार्यालय, जोगबुढामा उजुरी दिनुभएको थियो।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर बिरबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते जोगबुढा अस्पताल भयो । बालिकाको स्वास्थ्यमा समस्या देखिएकोले थप उपचारका लागि धनगढी पठाइएको छ ।