INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

फुङलिङ नगरपालिका-२ मा पार्किङमा राखिएको फक्ताङलुङ गाउँपालिकाको प्र. १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स  ०८१ साउन ३ गते तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ४ गते गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेमा मिक्वाखोला गाउँपालिका-३ लिवाङका ३१ वर्षीय कुमार शेर्पा, फुङलिङ नगरपालिका-२ का २७ वर्षीय अर्जुन वाईबा र मेरिङदेन गाउँपालिका-३ खाम्लुङका ३६ वर्षीय फुर्वा छिरिङ शेर्पा छन् ।

आरोपितहरूले साउन ३ गते राती एम्बुलेन्समा तोडफोड गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गलीले बताउनु भयो ।

एम्बुलेन्स तोडफोड गरेपछि फरार भएका आरोपितहरूलाई साउन ४ गते फुङलिङ नगरपालिका-५ वीरेन्द्र चोकबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर लुङ्गलीले बताउनु भयो ।

आरोपितहरूविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा साउन ४ अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

तोडफोडबाट एम्बुलेन्सको झ्यालको सीमा क्षति हुँदा २५ हजार रुपियाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले एम्बुलेन्स चालकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

photo 20240718 Taplejung

अन्य

भिडियो