INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकासँग घोडाघोडी नगरपालिका—३ का २४ वर्षीय राकेश मल्लले बालविवाह गरेको कसुरमा ०८१ असार ३१ गते दुवै जनालाई चार महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले विवाह स्वतः बदर हुने गरी जनही चार महिना कैद सजाय, ३ हजार ३ सय ३३ रुपिया जरिवाना र कसुरदारहरु आफन्तको संरक्षणमा बस्ने गरी फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तदार मानबहादुर विष्टले बताउनु भयो ।

बालविवाह गरेका कसुरदार मल्लसँग बालिकाले छुट्टिन नमानेपछि बालिकाले समेत कसुर गरेको ठहर गरी दुवै जनालाई सजाय र जरिवानाको फैसला भएको श्रेस्तेदार विष्टको भनाइ छ ।

बालविवाह गरेको भन्दै बालिकाकी आमाले २०८० फागुन १ गते इलाका प्रहरी कार्यालय, सुख्खडमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा बालविवाह अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० फागुन २ गते आफन्तको जिम्मा लगाउन आदेश दिएको थियो ।

अन्य

भिडियो