INSEC Online

📅 २०८३ जेष्ठ २१

नौकुण्ड अपताल निर्माणमा ढिलाइ

सरकारले ०७७ सालमा मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा अस्पतालको शिलान्यास भयो । बागमती प्रदेशभरका स्थानीय तहमा अस्पताल सिलान्यास गरेकोमा पाँच ओटा गाउँपालिका रहेको रसुवामा दुई ओटा अस्पताल निर्माण थालनि भएको छ ।

नौकुण्ड गाउँपालिकामा–५ सैया स्थानीय अस्पताल निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउनुभयो । क्रमागत योजना अन्तर्गत वर्षेनि बजेट आउने र भवन थप निर्माणको काम भइरहेको छ । यसवर्ष भने सरकारले कम बजेट पठाएकोले निर्माण थालनी भएको तीन वर्षमा पनि पुरा हुन सकेन ।

निर्माण थालेको अस्पताल भवन समयमा निर्माण सम्पन्न नहुँदा स्वास्थ्य उपचार सेवा लिन टाढा धाउनु परेको नौकुण्ड गाउँपालिका–३ का सुरेश लामाले बताउनुभयो ।

समयमा अस्पताल निर्माण सम्पन्न नहुँदा नौकुण्ड गाउँपालिकामा वर्षातको समयमा चार घण्टा बढि डोकोमा बिरामी बोकेर बिरामीलाई कालिका गाउँपालिकाको जिवजिवे ग्रागीण अस्पताल वा त्रिशूली अस्पताल लैजानु पर्ने बाध्यता छ । स्थानीय नुर्पु लामा नेकोरले भन्नुभयो ‘समयमै अस्पताल भवन बनेको भए नागरिकले गाउँमै स्वास्थ्य उपचार सेवा उपभोग गर्न पाउथे ।’

नेपालको संविधान २०७२ मा नागरिकको मौलिक हकमा स्वास्थ्यको अधिकार प्रदान गर्ने भनिएपनि त्यसको व्यवहारमा कार्यन्वयन हुन सकेको छैन । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नागरिकलाइ स्वास्थ्य उपचार सेवा पाउन टाढा जानुपर्ने बाध्यता रहेको आमाछोदिङमो गाउँपालिका–३ का दुकर लामाले भन्नुभयो । उहाँले भन्नुभयो ‘जुन व्यवबस्था आएपनि घोषण, उद्घाटन र कुरा मात्र भो काम हुन सकेन ।’

364393636_835656931330114_2714905860478301704_n

अन्य

भिडियो