१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका-६ का २३ वर्षीय निरज यादवविरुद्ध पीडित पक्षले ०८१ असार २८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपितले असार २ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।
घटनापछि आरोपित यादव फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।