INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित

अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा पाँच जनाको मृत्यु र दुई जना वेपत्ता भएको जानकारी प्राप्त भएको भए पनि सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको क्षतिको विवरण आउने क्रम जारी रहेकोले मानवीय र भौतिक क्षतिको विवरण बढ्न सक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी डिल्लीराज विष्टले बताउनु भयो । कैलालीको गोदावरी, बैतडीको पञ्चेश्वर र दशरथचन्द नगरपालिकामा गरी तीन परिवारको घर भत्किएर क्षति पुगेको छ । विभिन्न सडक खण्डमा गएको पहिराेको कारण यातायात आवागमन अवरुद्ध भएको कारण स्थानीयहरुलो समस्या भोग्नुपरेको र अवरुद्ध सडकको पहिरो पन्छाई सञ्चालन गर्ने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसएसपी विष्टको भनाइ छ । अविरल वर्षका कारण आएको बाढीपहिरोले भएको मानवीय र भौतिक क्षतिको विवरण इन्सेक जिल्ला प्रतिनिधिहरुले पठाउनुभएको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार अविरल वर्षका कारण आएको बाढीले जिल्लाका पाँच जनाको मृत्यु र ४ हजार १ सय ६५  जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो । अबिरल वर्षाका कारण भिमदत्त नगरपालिका क्षेत्रका ४ सय ६६ भन्दा बढी घरहरु डुवानमा परेका छन् । जिल्ला सदरमुकाम भिमदत्त नगरपालिका सहित पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेदकोट, दोधाराचाँदनीका अधिकांश भाग डुवानमा परेका छन भने स्थानीयहरुको घरमा बिजुलीबत्ती नहुँदा थप सास्ती खेप्नुपरको छ । बाढीका कारण विस्थापित भएकाहरुलाई विद्यालय र आफन्तको घरमा राखिएको छ ।

photo20240709kanchanpur (7)

जिल्ला भरीनै विपद व्यवस्थापन र उद्वारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताउनु भयो । भिमदत्त नगरपालिकाका वडा नम्बर ११, १२, १३ लगायत नदी तटिय क्षेत्रका धरै जसो जोखिमयुक्त ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको र बेलडाँडी नगरपालिका–५ ईमलियामा नहरको वाद फुटाएर नदी गाउँ पसेसँगै गाउँबस्ती डुवानमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्वार टोली पठाईएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।

photo20240709kanchanpur (3)

कञ्चनपुरको बेलडाँडीस्थित चौधर नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । आइतबार पानी कम भएको बेला नदी पारी गई माछा मारेर घर फर्कने क्रममा साँझतिर नदीमा पानी बढेको र सो नदी तर्न नसक्दा डुबेर बेलडाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी लगायत तीन जना बेपत्ता भएकाले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय, बेलडाँडीका इन्स्पेक्टर कृष्णबहादुर कुँवरले बताउनु भयो ।

photo20240709kanchanpur (1)

घर डुबानमा परेपछि कृष्णपुर नगरपालिका– १ मोतीपुरका सात महिनाका बालक पानीमा डुबेर मृत्यु भएको छ । महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती डुबानमा परेका हुन् । दोधराचाँदनी नगरपालिका वडा नम्बर ६ को पथ्थरनालामा जोगबुढा नदी पसेर पुरै बस्ती नै डुबानमा परेको वडा अध्यक्ष ओम बस्नेतले बताउनु भयो । डुबानमा परेका बस्तीलाई उद्धार गरी भानु उच्च माविमा सारिएको भए पनि गर्भवति, ज्येष्ठ नागरिक, बालबालिकाहरुले सास्ती खेप्नुपरेको उहाँले बताउनु भयो ।

photo20240709kanchanpur (9)

अविरल वर्षाका कारण भीमदत्त नगरपालिका वडा नम्बर १८ का सुकुम्बासीबस्तीमा ४ सय परिवारहरु विस्तापित हुनुभएको र उहाँहरु मदन भण्डारी आधारभूत विद्यालय, भीमदत्त नगरपालिका वडा नम्बर १८ कों. वडा कार्यालय र महेन्द्रनगर माध्यमिक विद्यालयमा साधारण स्कुलमा आश्रय लिई बसिरहुनुभएको भीमदत्त नगरपालिका वडा अध्यक्ष रविन्द्र देवकोटाले बताउनु भयो ।  बेदकोट नगरपालिका वडा नम्बर १० नयाँ गाउँलाई चौधर नदीले कटान गर्दा विजुलीका पोलहरु टुटेका छन् । पार्कीसार्की टोलका घरहरु भत्काएका छन् । शुक्लाफाँटा नगरपालिका १० झलारी नहरटोलमा दामोदर पन्तले सञ्चालन गरेको आशिष पोल्ट्री फर्ममा डुबान हुँदा ५ सय को संख्यामा बोइलर कुखुरा मरेका छन् । विधुत सेवा अवरुद्ध भएकाले सञ्चार सेवाबाट समेत स्थानीयहरु वञ्चितभएका छन् ।

photo20240709kanchanpur (12)

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अविरल वर्षाका कारण  गोकुलेश्वर– खार–खलंगा सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–२ देथलामा आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि स्थानीयहरुले सास्ती खेप्नुपरेका छ । सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधनको आवतजावत बन्द भएको छ । सडकमाथिबाट ठूलो ढुङ्गा खसेको र सडक भन्दा तल दुई ओटा घर समेत रहेका कारण घरमा क्षति हुनेसक्ने भएकोले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

photo20240709darchula

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार लगातारको बर्षातका कारण रुख ढलेर बिद्युत्तको पोल ढलेर तार चुडालेपछि बाजुरा जिल्ला लगाएत अछाम जिल्लाका केही ठाउँमा ३३ के भि राष्ट्रिय प्रशारण लाईन विद्युत्त सेवा अबरुद्ध हुदा सेवाग्राही समस्यमा परेका छन् । केहि दिनदेखि लगातारको अबिरल बर्षाका कारण अछामको बुढाबगरमा पहिरो खसेपछि सालको रूख ढलेर बिजुलीको पोल भाँचिएर क्षति भएपछि राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध भएको हो । ०८१ असार २२ गतेदेखि अबरुद्ध विद्युत्त सेवा मर्मत नहुँदा सेवा प्रभावहमा समस्य भएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त बमबहादुर केशीले बताउनु भयो । सेवाग्राहीको भुक्तानीको अन्तिम मितिमै विद्युत्त बन्द भएपछि सेवा प्रभाहमा धेरै समस्य भएको उहाँले बताउनु भयो । राष्ट्रिय प्रशारण लाईन अन्तर्गत साँफे–मार्तडीको बुढाबगरमा बिजुलीको पोल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेशकुमार भुलले बताउनु भयो । उहाले भन्नु भयो– पहिरोका कारण धेरै पोलहरु भाचिएर तार चुडिएका छन् । पोल ढलेको स्थानमा पुग्न नै दुई घण्टा लाग्छ । जनशक्ती पनि कम भएका कारण मर्मत कार्यमा ढिलो भएको छ । पहिरो बगिरहेकोले मर्मत गर्न नै सकिने अवस्था भएन । मौसममा सुधार आएपछि  मर्मत कार्य शुरु गरेका छौँ । अविरल वर्षाका कारण मानवीय क्षति नभएको भए पनि पहिरोका कारण सडकहरु अवरुद्ध भएका छन् । स्थानीयहरुलार्य आवतजावतमा समस्या भएपछि गर्भवति, सुत्केरी र ज्येष्ठ नागरिकहरुको चेकजाँच र उपचार गर्न अस्पताल लौजान समेत स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।

photo20240709Bajura

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार लगातार वर्षाका कारण आएको बाढीले जिल्लाको जनजीवन प्रभावित भएको छ । भजनी नगरपालिकाका सबैजसो वडामा डुबान भएको कारण पीडित परिवारलाई उच्च र सुरक्षित स्थानमा सारिएको र ४२ परिवारको बास हुलाकी सडकमा सारिएको नगरप्रमुख केवल चौधरीले बताउनु भयो । जोशीपुर गाउँपालिकामा २६ घर परिवारलाइ सुरक्षित स्थानमा सारिएको र कैलारी गाउँपालिकामा ३४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले बताउनु भयो । टीकापुर नगरपालिकाको वडा नम्बर २, ५, ७ र ८ डुबानमा परेकोले ६५ पविारलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बतनाउनु भयो । गोदारी नगरपालिका–११ बाङ्सेलाका देवा ओडको घर भत्किएको र बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा शिविरमा बस्ने आइतवारी डगौराको घरमाथि रुख खसेको जिल्ला प्रशासन कार्यालय, कैलालकिा सूचना अधिकारी शिवाराज जोशी बताउनु भयो । जिल्लाका विभिन्न स्थानीय तहमा बाढीका कारण बस्ती डुवानमा परेका तथा उच्च जोखिममा रहेका १ सय ४८ परिवारका ५ सय ९१ जनालाई सुरक्षित स्थानमा सारिएको र कैलारी गाउँपाकिा—९ का १७ वर्षीय अजय राना नदीमा बगेर वेपत्ता भएकाले खाजीकार्य भइरहेको सूचना अधिकारी जोशीले बताउनु भयो ।

photo20240709kanchanpur (5)

photo20240709kanchanpur (16)

photo20240709kanchanpur (15)

 

अन्य

भिडियो