कविलासी नगरपालिका-१० सलेमपुर की ३३ वर्षीया महिला नुजहान खातुनले सोही ठाउँका ३५ वर्षीय देवेन्द्र राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार २० गते उजुरी दिनु भएको छ ।
आरोपितले असार ६ गते दुर्व्यवहार गर्नुको साथै असार ७ गते कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको पीडितको महिलाले बताउनु भयाे ।
घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको महिलाको स्वास्थ्य उपचार तथा घाउ जाँच असार २० गते जिल्ला अस्पताल मलंगवामा भयो ।