१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–९ पादुकाका २४ वर्षीय मानबहादुर रोकाय सार्कीलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ ।
आराेपितले ०८० माघ २० गते गरेको बलात्कारबाट बालिका गर्भवती भएकी भन्दै पीडित पक्षले आराेपितविरुद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकाे थियो ।
पीडित बालिकाकाे स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतबाट आरोपितलाई सात दिन थुनामा राख्न असार २० गते अनुमति प्राप्त भइसकेको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।